December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

विश्वभर कोरोना संक्रमितको सङ्ख्या ३ करोड ७७ लाख पुग्यो

  • 10
    Shares

काठमाडौं, विश्वभर कोरोना संक्रमितको सङ्ख्या ३ करोड ७७ लाख पुगेको छ । यो रिपोर्ट तयार पार्दासम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ७७ लाख २८ हजार ३ सय ८६ जना संक्रमित छन् ।

सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको अमेरिकामा ७८ लाख ३ हजार २ सय ५९ संक्रमित भइसकेका छन् । त्यस्तै भारतमा ७१ लाख २० हजार ५ सय ३८, ब्राजिलमा ५० लाख ९४ हजार ९ सय ७९ र रुसमा १३ लाख ५ हजार ९३ जनामा संक्रमण पुष्टि भएकोे छ ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ७८ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ७८ सय ६ सय २९ जनाको मृत्यु भएको छ।

शीर्ष समाचार

धेरै पढिएको