December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

महामारीविरुद्ध सामूहिक प्रतिरक्षाको अवधारणा खारेज

  • 8
    Shares

काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ ।

डब्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि प्राकृतिक रुपमै मानिसहरु त्यसविरुद्ध प्रतिरक्षा क्षमतायुक्त बन्ने तर्कको खारेज गरेका हुन् ।

समुदायको ठूलो हिस्सा खोपमार्फत वा रोग बिस्तारित रुपमा फैलिएपछि संक्रामक रोगविरुद्ध प्रतिरोधात्मक क्षमता युक्त बन्ने अवधारण गलत भएको उनको भनाइ छ ।

भाइरसलाई त्यसै फैलिन दिनुको अर्थ मानिसहरुलाई संक्रमित हुन, समस्या पर्न र मर्न दिनु रहेको उनको भनाइ छ । भाइरसविरुद्ध विश्वभर एक सयवटा खोप विकासको क्रममा रहेको डब्लुएचओले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको