December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

आर्मेनिया-अजरबैजान युद्धविराम सम्झौता एक रात पनि टिक्न सकेन

  • 2
    Shares

काठमाडौं, अजरबैजान र अर्मेनियाबीच नार्गोन-काराबाखमा भएको लडाईलाई लिएर रुसका मध्यस्थतामा गरेको युद्धविराम सम्झौता एक दिनको लागि पनि राम्रोसँग व्यवस्थित हुन सकेन ।

अजरबैजानले अर्मानियामाथि सम्झौता तोडेको आरोप लगाउनुका साथै गांजा शहरमा गोलीबारी गरिएको र शहरको आवासीय भवनलाई ध्वस्त पारिदिएको आरोप लगायो । यो घटनामा कम्तीमा ९ जना मारिए ।

अर्मानियाको सैनिकले गांजा शहरमा कुनै पनि हमला नगरिएको भन्दै आरोपको खण्डन गर्दै अस्विकार गरे । धेरै दिनपछि शनिबार दिउँसो स्टपनेकर्ट शहरमा हवाई हमलाको चेतावनीयुक्त साइरन सुनिएको थिएन ।

विगत दुई हप्तादेखि बेसमेन्टमा बसिरहेका शहरका थुप्रै मानिसहरु चेतावनीयुक्त साइरन नसुनिएकाले उनीहरु बाहिर निस्किए र आफ्नो अपार्टमेन्टमा जान सके ।

अजरबैजानको अन्तरराष्ट्रिय सीमासँग जोडिएको स्टपनेकर्ट शहरमा कष्टकर जीवन बिताइरहेका मानिस भन्छन्, ‘यहाँ हरेक दिन बम खस्छन् । कुनै दिन यहाँ खस्छ, कुनै दिन त्यहाँ । शहरलाई निशाना बनाएका छन्, घरमा क्षती नभए पनि छिमेकीको क्षतिग्रस्त घरले डर पैदा गर्छ, उनीहरुले कहाँ बम खसाल्ने भनेर एकपटक पनि सोच्दैनन्, जहाँ पायो त्यहि बम खसालिदिन्छन् ।’

गांजा शहरका मानिसहरूलाई सुरुमा नै विश्वास थिएन अजरबैजान र अर्मानियाबीच रुसको मध्यस्थतामा भएको युद्ध विरामको सम्झौता पनि टिक्न सक्छ ।

शनिबार स्टेपनेकर्टमा बिहान सात बजे नै शहरमा बमबारी सुरु गरिदिए शहरमा सन्नाटा छायो तर दक्षिणी मोर्चामा अजरबैजानको हादरुत र अर्मानियाको कपान शहरको गाउँमा गोलीबारीको आवाज सुनिएको थियो ।बीबीसी

शीर्ष समाचार

धेरै पढिएको