November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

लिबियामा अपहरित सात भारतीय नागरिक मुक्त

  • 2
    Shares

ट्युनिस, लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिएका छन् । उनले सो अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका जानकारी दिए ।

उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उनले बताएका छन् ।

भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको अवस्थाको बारेमा खोजी शुरु गरेको थियो

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिएका थिए । लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको