December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

आज भारत र चीनबिच पहिलो पटक चिनियाँ कूटनीतिज्ञ सैन्य वार्ता हुँदै

  • 23
    Shares

एजेन्सी, पूर्वी लद्दाखमा भारत र चीन सीमामा तनाव कम गर्न पहिलो पटक चीनका प्रतिनिधिहरूको रूपमा वरिष्ठ कूटनीतिज्ञहरूलाई समावेश गर्न कमान्डर-स्तरीय वार्ताको सातौं चरण आज सम्पन्न हुनेछ ।

टाइम्स अफ इन्डिया प्रकाशित खबर अनुसार चिनियाँ प्रतिनिधिमण्डलले उक्त बैठकमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू र राजनीतिक आयुक्तहरू पनि समावेश गर्नेछन् ।

एक अधिकारीले उक्त अखबारलाई उद्धृत गर्दै भनेका छन्, “जबसम्म चीनले पेगोंग त्सो तालको उत्तरी भाग र फिंगर क्षेत्रबाट आफ्नो सेना फिर्ता लिने छैन र पूर्वी लद्दाखको सम्पूर्ण क्षेत्रमा डि-एस्केलेट नगरेसम्म यो बैठकले कुनै नतिजा प्राप्त गर्न सक्दैन ।”

यसअघिको सेप्टेम्बर २१ मा आयोजित छैटौं वार्तामा भारतबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वी एसिया) नवीन श्रीवास्तव सहभागी भए ।

सेप्टेम्बर १० मा मस्कोमा भारतीय विदेश मंत्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाँग यीबीचको बैठकमा पाँचबुदे सहमति भएको थियो । तर सीमा स्तरमा यसको कार्यान्वयनमा एकरूपता नभएपछि भारतले एक वरिष्ठ कूटनीतिज्ञलाई अर्को बैठकमा समावेश गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको