December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

बस्तु तथा सतहमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने विज्ञहरुको भनाई

  • 20
    Shares

काठमाडौं, कोभिड-१९ गराउने भाइरस विभिन्न बस्तु तथा सतहमा झण्डै एक महिना सम्म बाँच्न र संक्रमण गर्न सक्ने अनुसन्धानबाट फेला परेको छ ।

अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले हालै गरेको अनुसन्धानले कोरोना भाइरस बैंक नोट, फोनको स्क्रिन तथा स्टेनलेस स्टिलमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य फेला पारेको छ ।

यसअघि गरिएको अनुसन्धानले नोट तथा ग्लासमा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो । यसैगरी प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो । तर नयाँ अनुसन्धानले थप सचेत र सतर्क रहनुपर्ने देखाएको छ ।

कोभिड सार्स -२ नाम दिइएको यो भाइरस सोचेभन्दा निकै लामो समयसम्म जीवित रहने तथ्य फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन् । मुख्य रुपमा कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा अर्को व्यक्तिमा सर्ने गर्दछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको