September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भारतमा कोरोना सङ्क्रमितको संख्या ७० लाख नाघ्यो

नयाँदिल्ली, भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको भारतीय मन्त्रालयले समाचारमा जनाइएको छ । भारतमा अझै भारतभरी ८ लाख ६७ हजार ४६९ सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको