September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं, थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ मानिस घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएको छ ।

आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्व सो दुर्घटना भएको हो । बसमा व्रत समाप्तीका लागि गुम्बा तर्फ जाँदै गरेका बौद्ध धर्मावलम्बीहरू रहेको बताइएको छ ।

रेलमा ठोक्किएको बस क्षतिग्रस्त भएको छ । च्यापिएको बस निकाल्नका लागि क्रेन प्रयोग गर्नु परेको थियो भने दुर्घटनाको कारण खुलेको छैन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको