September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

अजरबैजान र अर्मेनियाबीच अस्थायी युद्धविराम हुने

अर्मेनिया, अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम हुने भएको छ । झन्डै दुई हप्ता अघि विवादित नागोरोनो-काराबाख क्षेत्रलाई लिएर झगडा सुरु भएपछि आर्मेनिया र अजरबैजानले पहिलो प्रत्यक्ष वार्ता गरेका छन ।

रूसी हस्तक्षेपपछि युद्धरत अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविरामका लागि तयार भएका हुन् । रसियाका विदेशमन्त्री सर्गेई लाव्रेभले दुई देश अस्थायी युद्धविरामका लागि तयार भएको जानकारी दिएका छन् ।

रूसको मध्यस्थतामा अजरबैजान र अर्मेनियाका अधिकारीहरुबीच मस्कोमा १० घण्टा भन्दा लामो समय छलफल भएको थियो। तर छलफलमा सहमति नजुट्दा रूसले हस्तक्षेप गरेपछि दुबै युद्धविराम गर्न राजी भएको आताइएको छ ।

युद्धविराम शुरू भएपछि दुबै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव बुझ्नेछन् र एक अर्काले युद्धबन्दी बनाएका सैनिक आदान(प्रदान गर्नेछन् । विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न पूर्व सोभियत संघका दुई गणराज्यबीच गएको सेप्टेम्बर २७ तारिखदेखि युद्ध शुरू भएको थियो ।

युद्धका क्रममा अहिलेसम्म तीन सयभन्दा बढी सैनिक तथा सर्वसाधारणको मृत्यु भैसकेको तथा हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नागोर्नो काराबाख क्षेत्र अजरबैजानको आधिकारिक भूमि हो । तर सन् १९ सय ९४ मा अन्त्य भएको युद्धपछि यस क्षेत्रमा अर्मेनियाले कब्जा गरेको थियो । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको