September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

स्पेनमा संक्रमण दर घटाउन १५ दिनका लागि संकटकाल घोषणा

स्पेन, स्पेनले राजधानी मेड्रिडमा बढ्दो कोरोना भाइरसको संक्रमण दर घटाउन १५ दिनका लागि संकटकाल घोषणा गरेको छ ।

संक्रमण नियन्त्रणका लागि हप्ता दिन अघि लगाइएको आंशिक लकडाउन अदालतले फिर्ता गरेपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो । मेड्रिड र आसपासका शहरहरुमा प्रतिबन्ध कडाईका साथ कार्यान्वयन गर्न ७ हजार प्रहरी तैनाथ गरिएको छ ।

विपक्षीहरुले भने संक्रमण घटिरहेका बेला संकटकाल घोषणा गर्नु न्यायोचित नभएको बताएका छन् । शुक्रबार अबेर राजधानी मेड्रिड र आसपासका ९ वटा शहरमा अति आवश्यक बाहेकका सबै गतिविधि माथि प्रतिबन्ध लगाइएयो ।

केन्द्रीय सरकारले लगाएको प्रतिबन्ध विपक्षी स्थानीय अधिकारीहरुले गतल भएको प्रतिक्रिया दिएका छन् । स्पेनमा कोरोना भाइरसको दैनिक संक्रमण ६ हजारको हाराहारीमा पुगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको