September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भारतमा संक्रमितको संख्या ६९ लाख ७७ हजार नाघ्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा भारतमा थप ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा ७३ हजार १९६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८५ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८४ हजार ५३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको