बेलायतमा पछिल्लो समयमा ठूलो संख्यामा कोरोना सङ्क्रमित बढ्दै

लन्डन, बेलायतमा फेरि पनि कोरोना सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।
यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको बेलायतका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन् ।
तर पनि बेलायतका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ ।
बेलायतमाहरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ । अहिलेसम्मका सङ्क्रमितको संख्या ४ लाख ८० हजार १७ जना पुगेको छ । केही समययतादेखि देखिएका बेलायतका संक्रमितहरुमा शनिबार अकस्मात ठूलो संख्यामा देखिएकोले यसले अब यहाँ पनि सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढाएको छ ।एजेन्सी
प्रतिकृया दिनुहोस्