April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

ब्रेक्सिटसम्बन्धी सम्झौता हुनेमा जोनसन आशावादी

काठमाडौं, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिटसम्बन्धी सम्झौता हुनेमा आफू ‘आशावादी’ भएको बताएका छन् ।

यूरोपेली संघ (ईयू) प्रमुख उर्सुला भोन डेर लेयेनसँग शनिबार वार्ताको तयारी भइरहेका समय उनको यो भनाइ आएको हो ।

जोनसनले बेलायती देनिक पत्रिका टेलिग्राफलाई भने, “सम्झौता बिना नै बाहिरिने सम्भावनाबाट जोगिन यदि सबैले विवेक प्रयोग गर्दा सहमति बन्न सक्छ । बेलायतको तर्फबाट आफू सम्झौता हुनेमा विश्वस्त रहेको उनको धारणा थियो ।

बेलायत र ईयूका वार्ताकर्ताहरूले भने शुक्रबारको व्यापार वार्ता प्रमुख क्षेत्रहरुमा गतिरोध बन्न गएको र यस वर्षको अन्त्यमा ‘नो डिल’ हुनबाट जोगिनको लागि लन्डनले ब्रसेल्सलाई आग्रह गरेको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको