April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

राष्ट्रपति ट्रम्पको अभियान प्रबन्धक बिल स्टेपियनलाई पनि कोरोना सङ्क्रमण

  • 13
    Shares

काठमाडौँ, राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान प्रबन्धक बिल स्टेपियनलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपतिको भित्री घेरामा संक्रमित हुने सबैभन्दा नयाँ व्यक्तित्व बनेको छ ।

स्टेपियनले शुक्रबार राती परीक्षणको नतीजा प्राप्त गरे र अधिकारीले “हल्का फ्लू जस्तो” लक्षणको रूपमा वर्णन गरेको पीडा भोगिरहेका छन् ।


पहिलो राष्ट्रपति पदको बहसका लागि स्टेपियन मंगलबार राष्ट्रपतिसहित उनको टोलीसँग क्लेभल्याण्डको यात्रा गरे र राष्ट्रपतिको शीर्ष सहयोगी होप हिक्सको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो र स्टेपियनले पनि कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको