January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

जापानको बेरोजगार दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च

  • 19
    Shares

टोकियो, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को असर विभिन्न देशको व्यापार अर्थतन्त्रदेखि लिएर सम्पुर्ण काममा नराम्रो प्रवाभ परेको छ । जापानको बेरोजगार दर अगस्टमा तीन वर्ष यताकै उच्च देखिएको छ ।

कोरोना भाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा जापानको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रवार प्रकाशित तथ्याङ्कमा उल्लेख छ भने व्यापार व्यवसायमा मन्दी छाएको छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महीना बढेको छ । जुलाईमा बेरोजगार दर २ दशमलव ९ प्रतिशत रहेकोमा अगस्टमा भने तीन प्रतिशत पुगेको हो ।

तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महीनाको तुलनामा यहाँ बेरोजगार दर ३ दशमलव १ प्रतिशतले बढेको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको