April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो

  • 12
    Shares

काठमाडौँ, भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ । शनिबार बिहानको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणका कारण १ लाख ८७५ जनाको मृत्यु भइसकेको जनाएको छ ।

भारतमा हालसम्म कुल संक्रमितको संख्या भने ६४ लाख ७१ हजार नाघेको छ । भारतमा शुक्रबार एकै दिन ७९ हजार ९७४ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ७१ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ दैनिक संक्रमित हाराहारी नै दैनिक निको हुनेको संख्या रहेको छ । शुक्रबार एक दिनमा ७६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म भारतमा कुल ५४ लाख २५ हजार ७७ जना भने संक्रमुक्त भइसकेका छन् । हाल त्यहाँ सक्रिय संक्रमित ९ लाख ४५ हजार ९८२ जना रहेको भारतीय मन्त्रालयले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको