January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

अस्ट्रेलिया र न्युजिल्यान्डबिचको यात्रा आंशिक रुपमा खुला

  • 28
    Shares

काठमाडौं, कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला भएको छ ।

अस्ट्रेलियाका यातायात मन्त्री माइकल म्याककोर्माकले न्यूजील्यान्डका यात्रुहरुले अस्ट्रेलियाका सिड्नी र डार्बिनमा बिना क्वारेन्टिन हवाई यात्रा गर्न सक्ने जानकारी दिएका छन् । यस्ता यात्रुहरु न्यूजील्यान्डमा कोभिड–१९ को हटस्पटका रुपमा परिचित क्षेत्रभन्दा बाहिर करिब दुई साता बसेको हुनुपर्नेछ ।

तर न्यूजील्यान्डले भने अस्ट्रेलियाबाट आउने सबै यात्रुलाई दुई साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । उक्त नियममा फेरबदल गर्न न्यूजील्यान्डले अस्वीकार गर्दै आएको छ ।

मन्त्री म्याककोर्माकले आफूहरु जतिसक्दो चाँडो विश्वका लागि खुला गर्न प्रयासरत रहेको जानकारी दिँदै न्यूजील्यान्ड पहिलो चरणमा खुला गरिएको बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको