January 16, 2021, Saturday
२०७७ माघ ४, आईतवार

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६३ लाख नाघ्यो, मृत्यु हुनेको सङ्ख्या १ लाख नजिक

  • 3
    Shares

नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिएका छन भने एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ ।

भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७७३ हजार पुगेको छ ।

भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ९९४ जनाको मृत्यु भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको