April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ४२ लाख, १० लाख १९ हजारको मृत्यु

  • 2
    Shares

पेरिस, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार ६८० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४२ लाख १२ हजार ३८१ पुगेको छ ।

कूल सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ६२ हजार निको भएका छन् भने करिब ७७ लाख ३० हजार ४९४ मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै ६५ हजार ९४३ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने सङ्क्रमितको संख्या पनि ७४ लाख ५१ हजार नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ११ हजार ८०५ को मृत्यु भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको