April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

क्यानडामा आउँदो अक्टोबरमा पनि विदेशी यात्रुलाई निषेध

ओट्टावा, विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर महिना भरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ ।

यस्तो प्रतिवन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिवन्ध अस्थायी हो । कोरोनाभाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाई छ ।

क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको