January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

अफगानिस्तानमा भएको बम बिस्फोटमा ५ सैनिकसहित ४ सर्वसाधारणको मृत्यु

  • 16
    Shares

काबुल, अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ ।

प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिएका छन् । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन् ।

अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा केही बताएका छैनन् ।

केही दिनदेखि अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको