April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

युरोपमा कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि म्याड्रिड लगायतका क्षेत्रमा लकडाउन

काठमाडौं, स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेपछि राजधानी म्याड्रिड र त्यस आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ ।

नयाँ प्रतिबन्धात्मक व्यवस्था अनुसार अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ भने म्याड्रिडको क्षेत्रीय सरकारले लकडाउन कानुनी रुपमा वैधानिक नभएको जनाएको छ ।

ग्रेटर म्याड्रिडमा मात्रै पछिल्लो दुई हप्तामा १ लाख ३३ हजार बढी नयाँ संक्रमितहरु फेला परेका छन् । यसैगरी अर्को युरोपेली मुलुक बेलायतमा पनि पछिल्लो समय संक्रमितको संख्या व्यापक रुपमा बढेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संक्रमितको संख्या वृद्धि मात्र नभई संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढेकाले कडा प्रतिबन्ध लगाउन आवश्यक परे हिच्किचाउन नहुने ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको