May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

यही फागुन १३ गतेदेखि हुने देशभरका खोप अभियान सफल पार्न स्वास्थ्यकर्मी क्रियाशील

यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ ।

रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरू सक्रियताका साथ लागेका छन् । ‘भ्याक्सिन’ अभियान सफल पार्न सबै स्थानीय तहका अधिकारीका साथै स्वास्थ्यकर्मीहरू परिचालन भएका छन् । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवम् ढुवानी गरिएको जनस्वास्थ्य प्रमुखले बताउनुभयो ।

यही फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने दादुराविरुद्धको खोप अभियानअन्तर्गत स्थानीय सरकारको सुझावमा तय गरिएका ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम छ । आगामी सन् २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरुपले आ-आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।