November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

हाम्रो शरीरलाई जीवित वा तन्दुरुस्त रहन विभिन्न पोषक तत्व चाहिन्छ : के खानुपर्ने के खादै छाैं ?

हाम्रो शरीरलाई जीवित वा तन्दुरुस्त रहन विभिन्न पोषक तत्व चाहिन्छ । त्यो पोषक तत्वको मूल स्रोत भनेको हामीले खाएका खानेकुरा हुन् ।खासगरी चार थरीका पोषकतत्व हामीलाई जरुरी हुन्छ । कार्बोहाइड्रेड, फाइबर, प्रोटिन र फ्याट । त्यसबाहेक अरु थुप्रै सुक्ष्म पोषक तत्व शरीरलाई चाहिन्छ– आयोडिन, पोटासियम, म्याग्नेसियम आदि । तर, हामीले जे खाइरहेका छौं, जसरी खाइरहेका छौं त्यसबाट यी पोषक तत्व प्राप्त भइरहेको छ त ?

पहिलो कुरा, हामीले जे–जति खाइरहेका छौं त्यो प्राकृतिक रुपमा उम्रन, हुर्कन, फल्न पाएको छैन ।दोस्रो कुरा, हामीले खाइरहेका खानेकुरालाई छिटो फलाउन, ठूलो बनाउन, लामो समयसम्म टिकाउन अनेक हर्मोनल इन्जेक्सनदेखि किटनासक विषादीसम्म प्रयोग गरिएका छन् ।

तेस्रो कुरा, हामीले खानेकुरा पकाउँदा र खाँदा त्यसको पोषक तत्व जोगाउनेबारे सोचेका छैनौं । चौथो कुरा, हामीले खानेकुराको सन्तुलन र मात्रा मिलाएका छैनौं ।

आर्युवेदले भन्छ, ‘देश, काल, परिस्थिती, मौसम, पाचन क्षमता, मात्रा, प्रकृति अनुरुप खानेकुरा खानुपर्छ ।’ यसरी आफु बसेको भूगोलमा, हावापानी अनुरुप सही मौसममा उत्पादित अन्नबाली नै हाम्रो लागि उचित भोजन हुन् ।

त्यसमा पनि आरोग्य र दीर्घायुका लागि हाम्रो थालीमा काँचो (सलाद, फलफूल, सागपात) ८० प्रतिशत हुनुपर्छ र पाकेको (चामल, दाल, मासु आदि) २० प्रतिशत ।

विदेशतिर ‘रेन्बो डाइट’लाई प्राथमिकता दिइन्छ । यो भनेको खानेकुराको रंगमा पनि विविधता हुनुपर्छ । खासगरी सप्तरंगी खानेकुरा खानुपर्छ भनिन्छ । जस्तो हरियो साग, रातो गोलभेडा, पहेंलो मकै, कालो दाल आदि ।

अस्पतालमा डाक्टर पनि अंग विशेषका हुन्छन् । कोही नाक, कान, घाँटीका हुन्छन् । कोही पाठेघरका । कोही आँखाका हुन्छन् । कोही हड्डीका । तर, हामीले यी अलग अलग अंगका लागि कुन खानेकुरा जरुरी हुन्छ भनेर कहिल्यै खाएनौं । यो खानेकुरा मिर्गौलाका लागि, यो मुटुका लागि, यो आँखाका लागि, यो फोक्सोका लागि भनेर खाएनौं ।

हामीले त जिब्रोका लागि मात्र खाइदियौं । त्यही कारण हामी अस्पताल र डाक्टरको ‘ग्राहक’ बनिरहेका छौं ।

हाम्रो शरीरमा एन्टिबायोटिकले पनि काम गर्न छाड्यो

अहिले तपाईं अलि जटिल रोग लागेर अस्पताल पुग्नुभयो भने, सुरुवाती एन्टिबायोटिकले काम नै गर्दैन । किनभने हर्मोनल सुई र एन्टिबायोटिक दिइएको पशुको मासु खाएर हाम्रो शरीरमा एन्टिबायोटिकको डोज बढिसकेको छ । हामीलाई अब सुरुवाती एन्टिबायोटिकले काम गर्न छाडिसकेको छ ।

कुनैपनि बिरामीलाई सुरुमा थर्ड जेनेरेसनको एन्टिबायोटिक दिइन्छ । त्यसले काम नगरेमा सेकेन्ड जेनेरेशनको । त्यसले पनि काम नगरेमा फस्र्ट जेनेरेसनको एन्टिबायोटिक चलाउने गरिन्छ । अहिले हामीलाई पहिलो र दोस्रो जेनेरेशनको एन्टिबायोटिकले काम नै नगर्ने अवस्था छ ।

हामी त्यती जटिल र संवेदनशिल अवस्थामा छौं । र, यसको एउटै जड हो– खानपान ।

युरोप, अमेरिकादेखि पूर्विय देशहरु जापान, कोरिया, चीनमा देखिएको अभ्यास के छ भने खाना नै औषधिय गुणको रोज्ने । काँचो खानेकुरा जस्तो फलफूल, सलाद, सागपात प्रशस्त खाने । तेल पनि एकदमै स्वस्थकर खाने । पशुको मासु खाँदा निरोगी, जवान पशु रोज्ने ।

तर, हाम्रो थाली त्यस्तो छैन । दालभात, सागसब्जीसँगै हामीलाई जंकफूड, फास्टफुडमा पल्किएका छौं । यस्ता खानेकुरालाई लामो समय टिकाउन, मिठो बनाउन यस्ता रसायन प्रयोग गरिन्छ, जुन स्वस्थ्यका लागि हानिकारक हुन्छ ।

रोग बोकिदिने अर्को मान्छे किन्न सक्नुहुन्न

विख्यात ब्रान्ड ‘एप्पल’का संस्थापक स्टिभ जब्सको अग्नाशयको क्यान्सरले ग्रस्त थिए । जतिसुकै धनी, जतिसुकै प्रभावशाली भएपनि उनको मृत्यु नजिक थियो र जीवन पीडादायी थियो ।

उनले भनेका थिए रे, ‘मसँग उच्च क्षमताका डाक्टर छन्, इन्जिनियर छन्, वकिल छन्, पाइलट छन् । सबै छन् । तर, मेरो रोग बोकिदिने वा मेरो खातिर मरिदिने कोही छैन ।’

हो, आज हामी आज दौडधूपमा छौं । राम्ररी खाने फुर्सद छैन । त्यो खानेकुरा कहाँ फलेको, कस्तो हो, कसरी पकाइएको भन्ने कुरामा ख्याल राख्ने फुर्सद छैन । किनभने हामीलाई पैसा कमाउनुछ, धन दौलत जोड्नु छ । त्यसैले दिनरात दौडिएको दौडिएकै छौं ।

यस्तो धपेडीमा हामीले आफ्नै उत्पादन गरेर, आफैले पकाएर खाने कुरै भएन । आज हामी बजारमा पाइने सस्तो, हेर्दा राम्रो, सलक्क परेको, किराले नखाएको खानेकुरा किनेर खाइरहेका छौं । वास्वतमा हामीले यससँगै रोग किनिरहेका छौं । अस्पताल र औषधिको बजार भाउ बढाइदिदैछौं ।

आज हामीलाई स्वास्थ्यको ख्याल छैन । निरोगी, दीर्घायु बन्नका लागि हामी न समय खर्चन्छौं, न पैसा । आज स्वस्थ्यमा लगानी गरेका छैनौं, त्यसैले भोलि महंगो उपचारमा पर्नेछौं ।

आयुर्वेद पनि फेल खाइसक्यो

आयुर्वेद भन्छ ‘शरीर तीन कारणले रोगी हुन्छ– वात, कफ र पित्त ।’ यसलाई ‘त्रिदोष’ भनिन्छ । वात, कफ र पित्त जब दुषित हुन्छ, तब शरीरमा रोग उत्पन्न हुन्छ ।

त्रिदोषबाट मुक्त रहने उपाय पनि आयुर्वेदसँग छ, त्रिफल । यो भनेको हर्रा, बर्रा र अमला हो ।

तर, अब त्रिदोष निको बनाउन त्रिफलले काम गर्नेवाला छैन । त्यसले काम गर्नका लागि हामी अबको पचास बर्ष पछाडि फर्कनुपर्नेछ । जुनबेला माटो शुद्ध थियो, हावा शुद्ध थियो, खाने अन्नपात शुद्ध थियो । त्यसबेला त्रिदोषबाट मुक्त हुन त्रिफलले काम गथ्र्यो । आज हाम्रो शरीर नै रसायन, असन्तुलित हर्मोनले अर्कै बनाइदिएको छ ।

यदि आयुर्वेदको सूत्रले काम गर्ने हो भने हामी धेरै समय पछाडि फर्कनुपर्नेछ । त्यो कालखण्डमा बाँच्नुपर्नेछ । तर, अहिले जमाना फेरिएको छ । माटो फेरिएको छ । हावा फेरिएको छ ।

अब के गर्ने त ?

खानपानमा गल्ती गर्ने हामी तीनथरीका छौं । एकथरी, जो जानीजानी खराब खानपान गरिरहेका छन् । दोस्रोथरी, जो अज्ञानतावस् त्यस्ता खानेकुरा खाइरहेका छन् । तेस्रोथरी सचेत हुँदाहुँदै पनि बाध्यतामा त्यस्ता खानेकुरा खाइरहेका छन् ।

यस्तो अवस्थामा हामी प्रकृतितर्फ फर्कनु सर्वोत्तम विकल्प हो । आफ्नै खेतीबारीमा काम गर्ने, शुद्ध, ताजा, मौसमी खानेकुरा उत्पादन गरेर खाने । त्यो पनि संभव नभए बजारमा उपलब्ध खानेकुराको शुद्धताबारे हेक्का राख्ने । अप्राकृतिक ढंगले उत्पादन गरिएका, रसायन मिसाइएका, बेमौसमी खानेकुरा बर्जित गर्ने ।

त्यससँगै अहिले अभ्यासमा आएको कुरा भनेको फुड सप्लिमेन्ट हो । यसलाई पुरक भोजन भनिन्छ । हामीले जब खानेकुराबाट पर्याप्त पोषण प्राप्त गर्न सक्दैनौं, तब फुड सप्लिमेन्टले त्यसको परिपूर्ति गर्न सकिन्छ । अहिले विश्वभर यस किसिमको अभ्यास भइरहेको छ ।

फुड सप्लिमेन्ट लिनुअघि आफ्नो शरीरको आवश्यक्ताबारे थाहा हुनुपर्छ । चिकित्सकको जाँच र परामर्शमा फुड सप्लिमेन्ट लिन सकिन्छ । खानेकुरा नै विषाक्त बनिरहेको र त्यसबाट पर्याप्त पोषकतत्व नपाइरहकेको अवस्थामा यो एउटा राम्रो विकल्प हुनसक्छ ।

शीर्ष समाचार

धेरै पढिएको