कृतिम वुद्विमताको प्रयोगद्वारा यौन तथा प्रजनन् स्वास्थ्य र मातृ स्वास्थ्यमा सुधारको पहल

कोलम्बो, श्रीलंका, ५ असोज- दक्षिण एशियामा यौन तथा प्रजनन् स्वास्थ्य र मातृ स्वास्थ्यमा कृतिम बुद्विमताको प्रयोगद्वारा सुधार ल्याउन पिएचसी ग्लोवल पाकिस्तानको नेतृत्व र जिटिए फाउण्डेसन,नेपालको सह–नेतृत्वमा एएल–सरोश परियोजना सुरु भएको छ ।

यो परियोजना अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (आईडिआरसी) क्यानाडाको सहयोगमा सुरु भएको हो । परियोजनाले दक्षिण एशियाली देशहरुको विद्यमान यौन तथा प्रजनन् स्वास्थ्य र मातृ स्वास्थ्यका क्षेत्रमा सञ्चालित विद्यमान कार्यक्रमहरुलाई वृद्वि गर्ने,नयाँ अवसरहरु सिर्जना गर्ने र सबै सेवाको गुणस्तर एवं पहूच बढाउन पहल गर्ने परियोजनाले विज्ञप्ति मार्फत जनाएको छ । दक्षिण एशियामा मातृ मृत्यु दर बढी छ ।

मातृ मृत्यु मध्ये २० प्रतिसत सुत्केरी पछिको ८ देखि ४२ दिनको अवधिमा हुने गरेको छ । यसका साथै यो क्षेत्रमा बालविवाहका कारण १५ वर्षदेखि १९ वर्षका किशोरी पनि मृत्युको उच्च जोखिममा रहेका छन् । हरेक व्यक्तिले सुखी जिवनयापन गर्नका लागि परिवार नियोजनका साधनको महत्वपूर्ण भूमिका हुन्छ । तर दक्षिण एशियामा गर्भनिरोधक प्रचलन दर जम्मा ४२ प्रतिसत मात्र छ । तथ्यांक अनुसार दक्षिण एशियामा प्रत्येक मिनेटमा ७२ बच्चा जन्मने गरेका छन् ।

विश्व जनसंख्याको एक तिहाई जनसंख्या ओगटेको दक्षिण एशियामा १ प्रति एक हजार जनसंख्यामा उच्चतम १९ जन्मदर रहेको छ ।

दक्षिण एशियामा रहेका यौन तथा प्रजनन् स्वास्थ्य र मातृ स्वास्थ्यको सुधार ल्याउन एएल– सरोश परियोजनाले कृति वुद्विमताको प्रयोगद्वारा उल्लेखनिय भूमिका खेल्ने विश्वास गरिएको छ ।