
बिरगंज – मंगलवार बिहान सम्ममा बिरगंजमा कोरोना भाईरसका १५ संक्रमीत थपिएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा साउन ७ गतेदेखि ११ गते सम्म स्वाब संकलनको परिक्षण गरिएकोमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।संक्रमितहरु ४५ बर्षका महिला र बाकी २३ देखी ५६ बर्षका पुरुष रहेका छन् ।
पुष्टि हुनेमा स्वास्थ्यकर्मी , थुनुवा र कारखानामा कार्यरत कर्मचारी रहेको डा. सिंहले जनाए।बिरगंज -४ बिर्ता , श्रीपुर ११ , वडा न. ७ लोहारपट्टि र रामटोल , रानिघाट , राधेमाई , वडा न.२३ सबैठवा , ठोरी र जगदम्बा ईन्टरप्राईजेज सहितका थप १५ जना रहेको छ ।





