September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

यस्ता छन् ल्वाङ खानुको अपत्यारिलो फाइदाहरु

काठमाडौं, अधिकाशं नेपाली भान्साकोठामा पाइने आयुर्वेदिक गुणले भरिपुर्ण ल्वाङ औषधीका साथै मसला पनि हो । यसमा दाँत, मुखको समस्या र दुर्गन्ध हटाउने क्षमता हुन्छ ।

ल्वाङमा कार्बोहाइड्रेट, प्रोटिन, वाष्पशील तेल, बोसोजस्ता तत्वहरू पाइन्छ भने खनिज पदार्थ, हाइड्रोक्लोरिक एसिडमा नघोलिने खरानी, क्याल्सियम, फोस्फोरस, फलाम, सोडियम, पोटेसियम, भिटामिन ए र सी पाइन्छ ।

यस्ता छन् ल्वाङ सेवन गर्नुको फाइदाहरु:

१) ल्वाङलाई राम्रो बनाउन ल्वाङको सेवन एकदमै लाभदायी मानिन्छ ।

२) ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ । साथै, पिनासको जोखिम कम गर्छ ।

३) वान्ता भएका समयमा भुटेको ल्वाङको चूर्ण महमा मिसाएर खानाले तुरुन्त फाइदा हुन्छ ।

४) हैजाको उपचारमा समेत ल्वाङ धेरै उपयोगी हुन्छ ।

५) चार ग्राम ल्वाङलाई तीन लिटर पानीमा हालेर पानी आधा हुन्जेल उमाल्नुपर्छ । यो पानी चिसो भएपछि खानाले हैजामा लगत्तै नियन्त्रण आउँदै जान्छ ।

६) दम भएका बेलासमेत ल्वाङ उपयोगी हुन्छ ।

७) ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने, मुखभित्रका घाउ निको हुने हुन्छ भने कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ ।

शीर्ष समाचार

धेरै पढिएको