
काठमाडौं, साग, तरकारी, अचार, सलाद, गुन्द्रक, सिन्की र धजरा जे बनाए पनि उत्तिकै स्वादिष्ट मानिने औषधीय गुणको बहुउपयोगी मुला बजारमा मुला बाह्रै महिना पाइन्छ ।
बेमौसमी तरकारीको रुपमा मानिने मुलाले भोजन पचाउँने भएकाले आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्दा अनेकौं रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न निकै मद्दत गर्छ ।
यस्ता छन् मुला खानुको फाइदाहरु:
१) महिनावारीमा आउने डन्डिफोरको समाधानमा दिनहुँ मुला खानु लाभदायक हुन्छ ।
२) रक्त सञ्चारमा समेत लय ल्याउँछ ।
३) यसले छालामा भएका दाग वा पोतो निको पार्छ ।
४) मुलामा गन्धक हुने भएकाले यसले गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।
५) मुलामा भिटामिन ’ए’ पनि पाइन्छ, त्यसैले यो आँखाकालागि फाइदाजनक छ ।
६) जाडोयाममा बिहानपख नियमित मुला खाए वृद्घावस्थासम्म आँखाको ज्योति राम्रो हुन्छ ।
७) नियमित मुला सेवन गर्नेहरुमा कहिल्यै आँखाका अन्य रोगले सताउँदैन ।
८) मुलाको सेवनले हरेक प्रकारको पाइल्स हटाउन लाभदायक मानिन्छ ।







