
काठमाडौं असार ८ । काेराेना संक्रमितको संख्या फेरि बढ्न थालेकाे छ । गत २४ घण्टामा काेराेना संक्रमित हुनेकाे संख्या ४५२२ जना पुगेकाे छ ।
१६ हजार ९१३ जसमध्य आरटीपीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जना संक्रमित पुष्टि भएको हाे।त्यसैगरी ४१ जनाकाे मृत्यु भएको छ भने ४९५४ जना संक्रमणमुक्त भएका छन् ।
हिजोको हाराहारीमा आज संक्रमित हुनेकाे संख्या दाेबर बढेकाे छ । साेमबार २२९७ संक्रमित थपिएको थियाे भने आज ४५२२ जना संक्रमित थपिएको छ।
नेपालमा कुल संक्रमित ६ लाख २६ हजार ३४३ जना रहेका छन् जसमध्य ५६४८८२ जना निकाे भइसकेका छन् । त्यसैगरी कुल मृत्यु हुनेकाे संख्या ८८१३ जना पुगेकाे छ ।







