April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

काेराेना संक्रमितको संख्या घट्दै,२ हजार ४०७ नयाँ थपिए, ४६ जनाकाे मृत्यु

काठमाडौं, जेठ ३० गते । पछिल्लो समय नेपालमा काेराेना संक्रमित घट्न थालेकाे छ । नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । गएकाे २४ घण्टामा २ हजार ४०७ सङ्क्रमित थपिएका छन् ।यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ६ लाख आठ हजार ४७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९९४ जना कोरोनामुक्त भएको छ भने हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ । त्यसैगरी थप ४६ जना सङ्क्रतिको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको