
काठमाडौं जेठ २६ । नेपालमा काेराना संक्रमितको कुल संख्या ६ लाख १५ हजार ६५२ जना पुगेकाे छ । जसमध्य आज थप ४३४४ जना संक्रमित थपिएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ४६ जिल्लामा ५०० भन्दा बढि सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । १२ हजार ७४ जनाको पीसीआर गरिएकोमा ३४४९ जना र ४५६८ जनाको एन्टिजेन विधि परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ५७६८ जना निको भएका छन् ।
थप ८१ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो समयमा गाउँ गाँउमा काेराेना संक्रमण फैलिएकोले सचेत रहन पनि आग्रह गरेकाे छ ।







