
राेल्पा – राेल्पामा १ व्यक्तिकाे लापरबाहीले ३ गाउँ सिल गरिएको छ भने १२ जनामा काेराेना संक्रमित भएका छन् ।रोल्पाको गुरुङगाउँसहित केहि गाउँ सिल गरिएको छ ।
साउदी अरवबाट दुई हप्ताअघि गाउँ आएका रोल्पा नगरपालिका वडा नं ४ गुरुङ गाउँका २५ वर्षिय एक पुरुषको रिपोर्ट नआउदै क्वारेन्टाइनबाट निस्केर गुरुङ गाउँ र लिबाङ बजारमा खुलमखुल्ला हिडेपछि गुरुङ गाउँसहित ३ वटा गाउँलाई सिल गर्नु परेकाे हो ।
गुरुङगाउँस्थित सामुदायिक भवनमा रहेको क्वारेन्टाइनमा बसेका ब्यक्ति कोरोनाको रिपोर्ट आउनु अघि नै बजार घुम्न थालेका थिए । उनीसँगै वडा नम्बर १० का १२ जनामा शनिवार कोरोना पुष्टी भएपछि जिल्ला कोरोना संकट व्यवस्थापन समितिले तिगाउँ सिल गर्ने निर्णय गरेको हो ।





