
काठमाडौं, मेवा र कागती स्वास्थ्यका लागि निकै फाइदाजनक छ भने पेटका लागि मेवा वरदान हो । यसमा भिटामिन ए, बी, सी र फाइबर पाइन्छ । कागतीको सेवनले पेट, आँखा र छालाको समस्या हुँदैन ।
यस्तै यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् ।
आँखा
मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन् । यिनीहरूको सेवनले रतन्धो हुनबाट बचाउँछ ।
तौल घटाउन
बिहानको खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन । यसमा पर्याप्त पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ भने तौल घटाउन पनि यसले मद्दत गर्छ ।
कब्जियत
मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हालेर सेवन गरे खानेकुरा सजिलै पच्छ । यसले कब्जियत पनि हटाउँछ । पखाला लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।
क्यान्सर
मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।
मुटु र रक्तचाप
मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छन् ।एजेन्सी







