April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

लसुनको अधिक सेवन हुनसक्छ हानिकारक

  • 25
    Shares

काठमाडौं, लसुनले स्वाद बढाउने काम गर्छ । लसुनको सेवन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुन दैनिक खाने खानामा पनि प्रयोग गर्ने गरिन्छ । तरकारी, खाना, अचार लगायतका खानेकुरामा प्रयोग गरिने लसुनको धेरै सेवनले स्वास्थ्यमा हानी पनि पुग्ने गर्छ ।

स्वाद बढाउन प्रयोग गरिने लसुनको फाइदा मात्र होइन बेफाइदा पनि धेरै छन् । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र अन्य समस्याहरुमा फाइदाजनक हुन्छ ।

यदि लसुनको उपयोग सीमित मात्रामा गरियो भने यो लाभदायक हुन्छ । तर, अधिक मात्रामा सेवन गर्दा लसुनले दुष्प्रभाव पनि देखाउँछ ।

अनुसन्धानका अनुसार लसुनमा हुने एन्जाइमले दागधब्बा र चिलाउने समस्या आउँछ । त्यसैले यसको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ ।

अत्यधिक मात्रामा लसुनको सेवन ग्यासको कारण पनि बन्न सक्छ । यस्तै यदि अधिक मात्रामा लसुनको सेवन गरिन्छ भने सास गन्हाउने समस्या आउँछ ।

शीर्ष समाचार

धेरै पढिएको