April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप १५२ जनामा काेराेना संक्रमित,मृत्यु हुनेकाे संख्या ३ हजार नाघ्याे

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । उक्त थपिएको संख्या सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १९ गते बिहिवार निकालिएको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ सय ७९ रहेको छ भने पछिल्लो २४ घण्टामा ६५ जना निको भएका छन् । हालसम्म काेराेना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजाबर ८५१ पुगेको छ ।

त्यसैगरी कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३ हजार ३१ जना पुगेका छन् । जसमध्य पछिल्लो २४ घण्टामा १ जनाको” संक्रमितको मृत्यु भएको हाे। हाल नेपालमा ६३ जना क्वारेन्टीनमा रहेका छन् । अहिलेसम्म २२ लाख ७५ हजार ५४० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको