November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

बाग्लुङमाकाे धाैलागिरी अस्पतालमा दुई शरीर जाेडिएका शिशुकाे जन्म,दुवैकाे मृत्यु

  • 16
    Shares

बागलुङ, धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएका (कन्ज्वाइन्ड टुइन्स) दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिएकी थिइन् ।

पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले बिहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्स देवी भट्टराईले जानकारी गराएकी छन् । तर शिशुहरू भने जन्मदै मृत्त अबस्थामा थिए यतिबेला आमाको अवस्था भने सामान्य रहेको छ ।

गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पूर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाइ छ । ‘उनले पहिले भिडियो एक्सरे र रगत जाँच नगराएकाेले बच्चाको गर्भअबस्था बारे कस्ताे थियाे भन्ने थाहा नपाएको भट्टराईले बताइन ‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं ।बच्चा जन्मदा नै मृत्त थिए । आमाको अवस्था सामान्य छ र उहाँ अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेकाे नर्स भट्टराईले जानकारी दिएकी हुन् । गाेरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको