
पछिल्लो २४ घण्टामाकाठमाडौं उपत्यकामा मात्र ११सय १० जना संक्रमित थपिएका छन् । जसमध्य ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हाे यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।त्यसैगरी कुल मृत्यु संख्या ८ सय ४२ रहेकाे छ । देशभर आज थप २ हजार ८४६ जनाकाे डिस्चार्ज भएको छ ।







