
बर्दिबास, महोत्तरीको बर्दिबासमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बर्दिवास नगरपालिका वडा नम्बर ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने । दुर्घटनापछि जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।






