
बुटवल, बुटवलको कोरोना विशेष अस्पतालमा उपचार क्रममा थप एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताएका छन् ।
उनी भदौ २२ गते बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए भने २२ गतेदेखी आईसियुमा राखेर उपचार गर्ने क्रममा आज मृत्यु भएको हो । योसँगै उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।






