
कलैया, चट्याङ लागेर आज बारामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भई डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिएका छन ।
टायर गाडामा बालुवा लोड गरिरहेको श्रमिक सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् ।






