
काठमाडौं, स्याङ्जाका एक जना कोरोना संक्रमित वृद्धको पोखरामा मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आई.सि.यु. मा भर्ना भई उपचाररत स्याङ्जा पुतलीवजार नगरपालिका – १ का ८५ वर्षीय पुरुषको आज बिहान ६:३२ बजे उपचारको क्रममा मृत्यु भएको निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए ।







