
काठमाडौं, चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा समस्या देखिए पछि उपचाररत उनको मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा ४२ वर्षको उमेरमा निधन भएको हो ।
उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिएका छन । “उनलाई एकमहिना देखि लिभरको समस्याले अलि धेरै सताएको थियो । तर उपचारकै क्रममा उहाँले हामीलाई छाडेर जानु भयो,” सन्तोषले भने ।






