
किमाथाङ्का, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका युवा खोलाले बगाएर बेपत्ता भएका छन् । सङ्खुवा खोलाले बगाउँदा सिलिचोङ–२ दाङखिदाका ३० वर्षीय सुवास कुलुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको सङ्खुवा खोलामा माछा मार्न गएका ३० वर्षीय कुलुङलाई आइतबार बिहान ९ः३० बजे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिएका छन । बेपत्ता भएका कुलुङको खोजी कार्य जारी रहेको सिलिचोङ गाउँपालिका–२ का वडाध्यक्ष मोहनशमशेर कुलुले बताएका छन ।






