सबिना कार्की- सुवन, दक्षिण कोरिया
सल्यानी समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भई पृथ्वी बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। आइतबार (नोभेम्बर २९, २०२६) सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क बिष्टको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले समाजको तेस्रो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भीमराज बुढाथोकी, उपाध्यक्षहरूमा उत्तम बिष्ट र डिल्ली के.सी., महासचिवमा उमेश रावत तथा सचिवहरूमा विकास रोका र सारदा पुन चयन हुनुभएको छ। त्यसैगरी कोषाध्यक्षमा मोहन रेउले र सह–कोषाध्यक्षमा निकोलस चन्द रहनुभएको छ भने सदस्यहरूमा झुपलाल बुढाथोकी, गीता शाही, गुमान सिंह रकल र दिपक बोहरा चयन हुनुभएको छ।
कार्यसमितिले विभिन्न स्थानीय तह र विषयगत क्षेत्रको प्रतिनिधित्वका लागि पालिका तथा विभागीय संयोजकहरू समेत तोकेको छ:
- पालिका संयोजकहरू:
- कुमाख गाउँपालिका — पवन शाह
- सिद्ध कुमाख गाउँपालिका — वीरेन्द्र रोका
- दार्मा गाउँपालिका — भीमसेन खड्का
- कालिमाटी गाउँपालिका — ढकेन्द्र वली
- शारदा नगरपालिका — महेश बुढाथोकी
- छत्रेश्वरी गाउँपालिका — ओपेन्द्र खड्का
- त्रिवेणी गाउँपालिका — तीर्थराज ओली
- बनगाड कुपिण्डे नगरपालिका — दीपेन्द्र बिष्ट
- (कपुरकोट गाउँपालिका र बागचौर नगरपालिकाको संयोजक पद रिक्त/पछिका लागि तोकिने)
- विभागीय संयोजकहरू:
- मिडिया संयोजक — पूर्ण चलाउने
- खेलकुद संयोजक — अशोक रावत
- विद्यार्थी संयोजक — कृष्ण के.सी.
अधिवेशनको निर्वाचन प्रक्रिया बसन्त कुमार रानाको संयोजकत्वमा खुम बिष्ट सदस्य रहनुभएको निर्वाचन मण्डलले सम्पन्न गरेको हो।
समाजले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यस्त समयका बाबजुद उपस्थित भई अधिवेशनलाई सफल बनाउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू तथा सल्यानी र गैर–सल्यानी समुदायप्रति हार्दिक आभार प्रकट गरेको छ।








