गिम्हे, दक्षिण कोरिया – अर्जुन बराल
प्रवासमा रहेर पनि नेपाली कला, साहित्य र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ दक्षिण कोरियाको गिम्हे (Gimhae) मा बहुप्रतीक्षित नेपाली चलचित्र ‘बाटुलो जून’ प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) को प्रस्तुति तथा कोरिया–नेपाल कल्चरल एक्सचेन्ज एसोसिएसनको कोरिया अधिकार (Korea Rights) मा आगामी डिसेम्बर ६ तारिख (आइतबार) का दिन विशेष शो आयोजना गर्न लागिएको हो।
वरिष्ठ अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशन तथा प्रस्तुति रहेको चलचित्र ‘बाटुलो जून’ मा भुवन केसी, अनमोल केसी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। सनराइज पिक्चर्स प्रा.लि. र भविष्य फिल्म्सको सहकार्यमा निर्माण भएको यस चलचित्रको प्रदर्शनी गिम्हेस्थित सीजीभी सिनेमाज (CGV Gimhae) मा हुनेछ।

आयोजकका अनुसार चलचित्र प्रदर्शनका लागि दिउँसो १२:३० बजे हलको ढोका खुल्ने (Door Open) छ भने दिउँसो १:०० बजेदेखि चलचित्र सुरु हुनेछ। दक्षिण कोरियाको व्यस्त दैनिकीका बाबजुद नेपाली मौलिक कथावस्तुमा आधारित चलचित्र हेरेर मनोरञ्जन लिन तथा नेपाली चलचित्र क्षेत्रलाई प्रवासबाट साथ र हौसला प्रदान गर्न गिम्हे तथा आसपासका क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजकले हार्दिक अनुरोध गरेको छ ।
प्रदर्शनी तथा टिकट सम्बन्धी विस्तृत विवरण:
चलचित्र: बाटुलो जून (A Film by Bhuwan KC)
मिति: सन् २०२६ डिसेम्बर ६, आइतबार
समय: दिउँसो १२:३० बजे (ढोका खुल्ने) / १:०० बजे (शो सुरु हुने)
स्थान: CGV Gimhae (경상남도 김해시 내외중앙로 137 – होमप्लसको ठीक अगाडि)
टिकट बुकिङ तथा थप जानकारीका लागि सम्पर्क:
अमर जङ्ग गिरी: 010-2142-3117
युनान चाम्लिङ: 010-6751-9677
रोशन अधिकारी: 010-5764-6226
भोजराज भट्ट: 010-5954-4092
विपन कार्की: लाई 010-7569-9806 नम्बरमा फाेन गर्न सकिनेछ।







