सउल, दक्षिण कोरिया सविना कार्की
लिम्बू (याक्थुङ) समुदायको सर्वोच्च साझा संस्था किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको १३औँ कार्यसमितिका निवर्तमान अध्यक्ष विनोद साउदेन लिम्बूले आफ्नो दुई वर्षे कार्यकालको समीक्षा गर्दै ‘जाँदाजाँदै’ शीर्षकमा आभार तथा प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
गत नोभेम्बर १५ तारिख (आइतबार) नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष शुभराज भोम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न १४औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै साउदेनले नवनिर्वाचित कार्यसमितिलाई ऐतिहासिक कार्यकालको शुभकामना दिँदै आफ्नो कार्यकालका २६ बुँदे मुख्य उपलब्धिहरू समेत सार्वजनिक गर्नुभएको हो ।

सन् २०२४ नोभेम्बर ३ मा सम्पन्न १३औँ महाधिवेशनबाट नेतृत्व सम्हाल्नुभएका साउदेनले दुई वर्षको अवधिमा विभिन्न आरोह–अवरोह, चुनौती र आलोचनाहरूको सामना गर्दै कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्नुभएको छ । उहाँले संस्थाको गरिमा र प्रतिष्ठा निर्माणको श्रेय स्थापनाकालदेखिका सम्पूर्ण कार्यसमिति, संरक्षक, सल्लाहकार र अभिभावकहरूलाई दिनुभएको छ । प्रवासमा रहेर पनि याक्थुङ समुदायको भाषा, लिपि, परम्परा, संस्कार–संस्कृति र अधिकारको संरक्षण तथा संवर्द्धनमा १३औँ कार्यसमितिले उल्लेखनीय भूमिका खेलेको उहाँको भनाइ छ ।
साथै, १४औँ महाधिवेशनको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन मण्डलका संयोजक सुन्दर दीप आङ्देम्बे, सह–संयोजक दिर्ज काङ्भा लगायत सम्पूर्ण निर्वाचन समिति तथा सहयोगी संघ–संस्थाहरूप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
निवर्तमान अध्यक्ष साउदेनद्वारा प्रस्तुत १३औँ कार्यकालका मुख्य उपलब्धिहरू:
🎯 हाम्रो किरात याक्थुङ दक्षिण कोरियाको १३ औँ कार्यसमितिले प्राप्त गरेका उपलब्धिहरू र प्रगति यसप्रकार छन्।
1. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको १३औँ कार्यसमितिको आयोजनामा मिति २०२४ डिसेम्बर १५ तारिख (आइतबार) का दिन याक्थुङ (लिम्बू) समुदायको महान् चाड चासोक तङ्नाम तथा येले तङ्बे ५०८४ को अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो। दक्षिण कोरियाको राजधानी सियोलस्थित सन्बोक खुछङमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कलाकारहरू गायिका मन्दिरा नेम्बाङ, गायक सुमन लिम्बू, मिथुन तुम्बापो, भीमसागर मादेम्बा र सायल हेल्लोकका साथै चुम्लुङ कोरियाको सांस्कृतिक विभागबाट विशेष सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा कि.या.चु. दक्षिण कोरियाका बुसान, जेजुदो, छल्लादो शाखा तथा विभिन्न नेपाली संघ–संस्थाका आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो।
2. मिति २०२५ जनवरी १८ तारिख (शनिबार) का दिन दक्षिण कोरियास्थित नेपाली राजदूतावासका महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फेज्यूलाई किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको तर्फबाट स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभाहलमा सम्पन्न भएको थियो।
3. मिति २०२५ जनवरी ३० तारिखका दिन किरात याक्थुङ चुम्लुङ,दक्षिण कोरियाको तर्फबाट पाँचथर जिल्ला, याङवरक गाउँपालिका स्थायी निवासी श्री अमृत सेलिङज्यूको स्वास्थ्य उपचार तथा स्वदेश फिर्तीका लागि संकलित ४,४०,०००/ वन आर्थिक सहयोग रकम हस्तान्तरण गरियो।
4. मिति २०२५ मार्च २ तारिख (आइतबार) का दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासंघ, दक्षिण कोरियाको सहजीकरणमा दक्षिण कोरियाको राजधानी सियोलको दोङ्देमुनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान श्री अञ्जिला तुम्बापोज्यूको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को पहिलो च्यारिटी शो सम्पन्न गरियो। उक्त चलचित्र करिब एक महिनासम्म कोरियाका विभिन्न सहरहरू—सुवन, ह्वासङ, इन्छन, नोनसान, जिन्छन, फुयू, गिम्पो, ओन्याङ, मुगुक, जेजुदो र बुसानमा विभिन्न नेपाली संघ–संस्थाहरूको सहकार्यमा सफलतापूर्वक प्रदर्शन गरियो।
5. खोटाङ सेवा समाजद्वारा आयोजित ‘खोटाङ हलेसी साङ्गीतिक सौगात–भाग ५’ कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया आमन्त्रित गायक केहरसिंह लिम्बूको सम्मानमा मिति २०२५ जनवरी ३० तारिखका दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया र ग्लोबल तेह्रथुम सेवा समाज, दक्षिण कोरियाको संयुक्त आयोजनामा ‘गायक केहरसिंह लिम्बू एकल साँझ तथा सम्मान कार्यक्रम’ आयोजना गरियो। उक्त कार्यक्रम सियोलको दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभाहलमा सम्पन्न भएको थियो।
6. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया तथा यसअन्तर्गतका शाखाहरू—बुसान, जेजुदो र छल्लादो शाखाको समन्वयमा दुई चरणमा ‘मुक्कुमलुङ बचाउ अभियान’ सञ्चालन गरी आर्थिक सहयोग संकलन गरेर नेपाल पठाइयो। उक्त अभियानअन्तर्गत पहिलो चरणमा रु. २,२४,७४५ र दोस्रो चरणमा रु. ६,८६,७४२ गरी जम्मा रु. ९,११,४८७ (नौ लाख एघार हजार चार सय सतासी रुपैयाँ) आर्थिक सहयोग संकलन गरिएको थियो।
7. मिति २०२५ अप्रिल १२ तारिखका दिन दक्षिण कोरियाको यजुमा सम्पन्न विश्व सांस्कृतिक महोत्सवमा किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको तर्फबाट सांस्कृतिक टोलीसहित याक्थुङ (लिम्बू) समुदायको मौलिक नृत्य केलाङ प्रस्तुत गरी सहभागिता जनाइयो।
8. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया र यसअन्तर्गतका शाखाहरू—बुसान, जेजुदो र छल्लादो शाखाको संयुक्त आयोजनामा मिति २०२५ अगस्ट २ देखि अक्टोबर २ तारिखसम्म याक्थुङ (लिम्बू) भाषा तथा लिपिको प्रारम्भिक तहको प्रशिक्षण (आनिपान) कार्यक्रम अनलाइनमार्फत सम्पन्न गरियो।
9. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले लिम्बू संस्कार तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै प्रवासमा रहेका याक्थुङ युवा–युवती तथा नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले लिम्बू जातिको मौलिक सांस्कृतिक नृत्य ‘केलाङ’ प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो। उक्त प्रशिक्षण कार्यक्रम मिति २०२५ अप्रिल २७ देखि जुन ७ तारिखसम्म दक्षिण कोरियाको सुवन (Suwon) स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरियो।
10. विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जन्मजयन्तीको अवसरमा ‘Buddha was born in Nepal’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले नेपाल बौद्ध परिवार, दक्षिण कोरियाद्वारा आयोजित लोटस ल्यान्टर्न फेस्टिभल (Lotus Lantern Festival) अन्तर्गतको विश्व शान्ति र्यालीमा किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको तर्फबाट मिति २०२५ अप्रिल २६ तारिखका दिन सांस्कृतिक टोलीसहित लिम्बू मौलिक पोशाकमा सहभागिता जनाइयो।
11. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा दक्षिण कोरियामा रहेका याक्थुङ समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले विशेष भेटघाट तथा बृहत् वनभोज कार्यक्रम (ताम्भुङचा) आयोजना गरियो। मिति २०२५ सेप्टेम्बर ६ र ७ तारिखका दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया तथा यसअन्तर्गतका शाखाहरू—बुसान, जेजुदो र छल्लादो शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। उक्त कार्यक्रम दक्षिण कोरियाको छुङछङनाम्दो प्रान्तस्थित थेहानगुक्वन फोकम्योन, सिनओन सिन्हेङमा सम्पन्न गरियो।
12. मिति २०२५ जुलाई २६ तारिखका दिन कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (Korea International Cooperation Agency—KOICA) द्वारा आयोजित दीक्षान्त समारोह (Graduation Ceremony Event) मा किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको तर्फबाट सांस्कृतिक टोलीसहित याक्थुङ (लिम्बू) समुदायको मौलिक नृत्य केलाङ प्रस्तुत गरी सहभागिता जनाइयो।
13. नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको आयोजनामा मिति २०२५ अगस्ट १० तारिखका दिन विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको तर्फबाट याक्थुङ (लिम्बू) समुदायको मौलिक सांस्कृतिक नृत्य ‘केलाङ’ प्रस्तुत गरी विशेष सांस्कृतिक प्रस्तुतिसहित सहभागिता जनाइयो।
14. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको रजत जयन्तीको अवसरमा मिति २०२५ अगस्ट ५ तारिखका दिन ‘रजत जयन्ती विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरियो। दक्षिण कोरियामा क्रियाशील विभिन्न लिम्बू थरगत संघ–संस्थाहरू, याक्थुङ लेखक संघ, लिम्बू लेखक तथा साहित्यकारहरू र सम्पूर्ण कोरियावासी याक्थुङ (लिम्बू) समुदायको उल्लेख्य उपस्थितिमा उक्त कार्यक्रम सियोलको दोङ्देमुनस्थित थाई नेपाली रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरियो।
15. पाँचथर सेवा समाज, दक्षिण कोरियाद्वारा आयोजित ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ कार्यक्रममा सहभागी हुन नेपालबाट दक्षिण कोरिया आमन्त्रित उदयीमान गायक नोगेन हाङ्सरुम्बा तथा गायिका श्रेया राईज्यूहरूको सम्मानमा मिति २०२५ अगस्ट ६ तारिखका दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया र किरात राई यायोक्खा, दक्षिण कोरियाको संयुक्त आयोजनामा ‘कलाकार सम्मान तथा साङ्गीतिक कार्यक्रम’ आयोजना गरियो। उक्त कार्यक्रम दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभाहलमा भव्य रूपमा सम्पन्न गरियो।
16. मिति २०२५ नोभेम्बर १ तारिख (शनिबार) का दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका तत्कालीन उपाध्यक्ष तथा सांस्कृतिक विभाग प्रमुख श्री सरोज योङहाङज्यूले दक्षिण कोरियाको आफ्नो बसाइँलाई बिट मार्दै नेपाल फर्कन लाग्नुभएको अवसरमा उहाँको योगदानको उच्च कदर गर्दै बिदाइ तथा सम्मान कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम दक्षिण कोरियाको दोङ्देमुनस्थित नाना रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो।
17. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले पूर्वी नेपालका पाँचथर र इलाम जिल्लामा आएको बाढी–पहिरोलगायतका प्राकृतिक विपद्बाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि मिति २०२५ नोभेम्बर १९ तारिखका दिन कोरियन वन ४,४१,१०० (चार लाख एकचालीस हजार एक सय कोरियन वन) बराबरको आर्थिक सहयोग किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रीय कार्यालयमार्फत हस्तान्तरण गरियो।
18. किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान श्री अञ्जिला तुम्बापो सुब्बाज्यूको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ को दक्षिण कोरियामा प्रदर्शनबाट संकलित रकम रु. १६,६८,९४९ (सोह्र लाख अठसट्ठी हजार नौ सय उनन्चास रुपैयाँ) मिति २०२५ जुन २९ तारिखका दिन चुम्लुङहिम, ललितपुरमा हस्तान्तरण गरियो। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका कोषाध्यक्ष श्री बिरेन खेवाज्यूमार्फत किरात याक्थुङ चुम्लुङ नेपालका तत्कालीन केन्द्रीय अध्यक्ष श्री प्रेम येक्तेनज्यूको रोहबरमा उक्त रकम पूर्व राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान श्री अञ्जिला तुम्बापो सुब्बाज्यूलाई हस्तान्तरण गरिएको थियो।
19. मिति २०२५ डिसेम्बर ७ तारिखका दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको आयोजनामा याक्थुङ (लिम्बू) समुदायको महान् चाड ‘चासोक तङ्नाम’ तथा येले तङ्बे ५०८५ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरियो। दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय कलाकारहरू गायिका मन्दिरा नेम्बाङ, गायक मिथुन तुम्बापो, भीमसागर मादेम्बा तथा इन्द्र सम्बाहाङ्फे लगायतका कलाकारहरूबाट विविध याक्थुङ (लिम्बू) मौलिक गीत–सङ्गीत प्रस्तुत गरियो। साथै, किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको सांस्कृतिक विभागबाट समेत विशेष सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरियो। परम्परागत लिम्बू परिकारहरूको प्रदर्शन तथा स्वाद चखाउने व्यवस्था गरी मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै कार्यक्रम सम्पन्न गरियो।
20. मिति २०२६ फेब्रुअरी १७ तारिखका दिन कोरियन नयाँ वर्ष ‘सल्नाल’ को अवसरमा चन्द्रकुमार राईको उपचार सहयोगार्थ आयोजित ‘साङ्गीतिक साँझ’ कार्यक्रममा सहभागी हुन नेपालबाट दक्षिण कोरिया आमन्त्रित उदयीमान गायिका सम्झना योङहाङज्यूको सम्मानमा किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, पाँचथर सेवा समाज, दक्षिण कोरिया र योङहाङ समाज, दक्षिण कोरियाको संयुक्त आयोजनामा ‘कलाकार सम्मान तथा सम्झना योङहाङ एकल साँझ’ कार्यक्रम आयोजना गरियो। उक्त सम्मान तथा साङ्गीतिक कार्यक्रम सियोलको दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभाहलमा भव्यताका साथ सम्पन्न भयो।
21. मिति २०८२ साल चैत १२, १३ र १४ गते झापाको भद्रपुरमा सम्पन्न किरात याक्थुङ चुम्लुङ नेपालको ऐतिहासिक १२औँ राष्ट्रिय महाधिवेशनमा किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका उपाध्यक्ष श्री सरोज योङहाङज्यूले दक्षिण कोरियाको प्रगति प्रतिवेदनसहित प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको थियो।
22. मिति २०२६ मे ३१ तारिख (आइतबार) का दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको आयोजनामा सियोलस्थित दोङ्देमुनको सेमाउल हलमा चुम्लुङको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह र रजत स्मारिका ‘वसाङ्लुङ’ विमोचन कार्यक्रम सम्पन्न भयो। आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष श्री शुभराज भोम्जनज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चुम्लुङका संरक्षक तथा संस्थापक श्री शमशेर पन्धाकज्यूलाई ‘रजत वर्ष व्यक्ति’ घोषणा गरी विशेष सम्मान गरिएको थियो। साथै, दक्षिण कोरियामा क्रियाशील विभिन्न सामाजिक तथा जातीय संघ–संस्था, व्यावसायिक संस्था र पत्रकारहरूलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो। कार्यक्रममा याक्थुङ समुदायको उल्लेख्य सहभागिताका साथै सांस्कृतिक विभागको संयोजनमा याक्थुङ मौलिक सांस्कृतिक तथा हाक्पारे प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो।
23. मिति २०२६ सेप्टेम्बर २६ तारिख (शनिबार) का दिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको आयोजनामा आपत्कालीन राहत कोष स्थापनार्थ नौ वर्षपछि ‘सिरिजङ्गा साङ्गीतिक सौगात–भाग ५’ कार्यक्रम सियोलस्थित दोङ्देमुनको छुङरो ओगा हलमा भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक एकदेव लिम्बू एन्ड ब्यान्ड, पूर्वेली गायिका मेचु धिमाल तथा कार्यक्रम प्रस्तोता सृजना निङ्लेखुज्यूको विशेष प्रस्तुति रहेको थियो। साथै, स्थानीय कलाकारहरू गायिका मन्दिरा नेम्बाङ, गायक मुस्कान मुकारुङ, प्रदीप राईलगायत अन्य कलाकारहरूको बेजोड साङ्गीतिक प्रस्तुति रहेको थियो।
24. मिति २०२६ सेप्टेम्बर २५ तारिखका दिन कोरिया–नेपाल कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा सम्पन्न ‘नेपथ्य लाइभ इन सियोल’ कार्यक्रममा नेपालबाट आमन्त्रित सञ्चारकर्मी श्री विश्व लिम्बूज्यूलाई किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको तर्फबाट ‘सिरिजङ्गा साङ्गीतिक सौगात–भाग ५’ कार्यक्रमस्थलमै विशेष सम्मान गरियो।
25. मिति २०२६ सेप्टेम्बर २६ तारिख सम्पन्न ‘सिरिजङ्गा साङ्गीतिक सौगात–भाग ५’ कार्यक्रममा व्यक्त प्रतिबद्धताअनुसार मिति २०२६ अक्टोबर ३१ तारिखका दिन नेपाली राजदूतावास, सियोलमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा जिल्लाका बाढीपीडित नागरिकहरूको राहत तथा उद्धार कार्यका लागि रु. १,००,००० (एक लाख रुपैयाँ), अर्थात् ८ लाख ८८ हजार कोरियन वन बराबरको आर्थिक सहयोग जम्मा गरियो। उक्त रकम प्रवेश टिकटबाट प्रतिटिकट २,००० कोरियन वनका दरले छुट्याइएको रकम र संस्थाको थप योगदानबाट संकलन गरिएको थियो।
२६.किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले याक्थुङ (लिम्बू) समुदायको मौलिक संस्कृति, परम्परा तथा सांस्कृतिक पहिचानको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले मौलिक सांस्कृतिक बाजा च्याब्रुङको संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिँदै आएको छ। यसै क्रममा १३औँ कार्यसमितिको कार्यकालमा विभिन्न परिवार तथा संस्थाहरूको सहयोगमा जम्मा पाँच थान च्याब्रुङ प्राप्त भएका छन्। जसमा साउदेन परिवार, दक्षिण कोरियाबाट एक थान, सेन्दाङ परिवार, दक्षिण कोरियाबाट एक थान, योंगहाङ समाज, दक्षिण कोरियाबाट दुई थान र हुक्पा चोमाङ परिवारबाट दुई थान च्याब्रुङ प्राप्त भएका छन्। यस महत्वपूर्ण सहयोगले समुदायको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, पुस्तान्तरण तथा भावी पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको छ।
यस्तै, महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फेको स्वागत–सम्मान, नेपालबाट आमन्त्रित गायक केहरसिंह लिम्बू, नोगेन हाङ्सरुम्बा, गायिका श्रेया राई, सम्झना योङहाङ र सञ्चारकर्मी विश्व लिम्बूको सम्मान तथा एकल साँझ कार्यक्रमहरू समेत सम्पन्न गरियो थियो।







