काठमाडौं – संसारभर ‘द हिमालयन हेन्ड्रिक्स’को उपनामले चर्चित अशेष डंगोलको नयाँ गीत “गाउँनै गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन” सामाजिक सञ्जाल मार्फत सार्वजिनक गरिएको छ ।
यस म्यूजिक भिडियोको गीतको शब्द, स्वर, संगीत, स्वयम् उनकै रहेको छ । उनले गीत मार्फत नेपाल गाउँनै गाउँले भरिएको हाम्रो देशमा कंक्रिट जंगल हुँदै शहरीकरणबाट गाउँको स्वरुपमा परिर्वतनसंगै मानवीय मूल्य मान्यता हराइरहेको प्रति तिखो व्यंग्य प्रहार गरेका छन् ।
नेपालको सामाजिक बस्तुपरि स्थितिको बारेमा गहिरो अध्ययन गरिसकेपछि रचना गरिएको यस म्यूजिक भिडियोमा करिब २५ बर्षको नेपालका विभिन्न गाउँ शहरहरुको गहिरो अध्ययन गरेर तयार गरिएको म्यूजिक भिडियो हो । जसमा अशेष डंगोल आफैले संकलन गरेका नेपालका विभिन्न ठाउँहरुको जीवन तथा भूगोल समावेश समेत समावेश गरिएको छ ।
मुख्यतयाः जाजरकोट, लाङ्गटाङ्गको गटलाङ्ग, बीरगञ्जको बोदर साइड, खोकनाको १ अध्ययन, पनौती, भक्तपुर, काठमाडौं, रोल्वालिंगका तस्बिरहरु समेत समोवश गरिएको छ ।
नेपाल सम्बत ११४७ को शुभ अवसरमा उनले सो म्यूजिक भिडियो उनले सार्वजनिक गरिएको थियो ।
अशेष डंगोलको छोटो परिचय
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली ब्लुज कलाकार गितारवादक, गायक, गीतकार र संगीतकार हुन्।
विश्व संगीत जगतमा उनी द हिमालयन हेन्ड्रिक्सको उपनामले परिचित छन्।

सांगीतिक यात्रा र उपाधि
सुरुवात काठमाडौंका रैथाने डंगोलले सन् १९९४ मा आफ्ना भाइ सिबेश डंगोलसँग मिलेर ूनेख्वंू नामक ब्लुज९रक ब्यान्ड स्थापना गरी व्यावसायिक संगीत यात्रा सुरु गरेका थिए। नेपालभाषामा नेख्वं को अर्थ संगीतप्रति पागलपन भन्ने हुन्छ।
हिमालयन हेन्ड्रिक्स उपाधि।
सन् २०१० मा नर्वेजियन र जर्मन मिडियाले उनको असाधारण गितार वादन शैलीको प्रशंसा गर्दै उनलाई हिमालयन हेन्ड्रिक्स को उपाधि दिएका थिए। उनलाई नेपालको ब्लुज एम्बेसडर पनि भनिन्छ।
मौलिकता र फ्युजन।
उनले पश्चिमी ब्लुज र साइकेडेलिक रक संगीत संगै नेपाली मौलिक ताल र बाजाहरू जस्तैः धिमे, खीस मादल, सारङ्गी आदिको संयोजन ९फ्युजन० गरेर आफ्नै छुट्टै पहिचान बनाएका छन्।
प्रमुख सिर्जना र प्रस्तुतिहरू
उनका फ्री स्पिरिट, न्यु स्पिरिट, बाच्न देउ, लाइफ तु लिव अन, अल डोज ब्युतिफुल द्रीम्स, जस्ता एल्बमहरू सार्वजनिक गरेका छन् ।
उनका काठमाडौँ भाइब, जात्रा भाइब, इन सर्च टुवार्ड्स फ्रिडम गितहरु चर्चित रहेका छन् ।
अन्तर्राष्ट्रिय मञ्चमा उनले अमेरिका, जर्मनी, नर्वे, स्पेन, यू के, लगायत विश्वका एक दर्जनभन्दा बढी देशहरूमा आफ्ना सांगीतिक प्रस्तुति दिइसकेका छन् र ग्रामी अवार्ड विजेता कलाकारहरूसँग समेत सहकार्य गरेका छन्।
सामाजिक सक्रियता
संगीतका अतिरिक्त उनी समाजसेवा र फोटोग्राफीमा पनि सक्रिय छन्। उनले जाजरकोट भूकम्प पीडितहरूको सहयोगार्थ र शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि विभिन्न च्यारिटी कन्सर्टहरू आयोजना गर्दै आएका छन्।







