सउल दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष तथा कामदार दैनिकका सम्पादक सन्तोष खड्कालाई सम्मान-पत्र प्रदान गरेको छ।
२०२६ नोभेम्बर १५ मा प्रदान गरिएको सम्मान-पत्रमा संस्थाको विकास, सामाजिक योगदान तथा नेपाली समुदायप्रतिको जिम्मेवारीलाई उच्च मूल्याङ्कन गरिएको छ।
अध्यक्ष मोक्तानलाई चुम्लुङको १३औँ कार्यसमितिको सफलताका लागि पुर्याएको आर्थिक, भौतिक तथा नैतिक सहयोग र सामाजिक भूमिकाको कदर गर्दै सम्मान गरिएको हो।
त्यसैगरी, पत्रकार खड्कालाई लिम्बू समुदायको कला, संस्कृति, परम्परा र संस्थागत गतिविधिको प्रचारप्रसारसँगै दक्षिण कोरियामा नेपाली समुदायका समस्या, हकहित र प्रेस स्वतन्त्रताका सवाललाई पत्रकारितामार्फत उजागर गरेको योगदानका लागि सम्मान गरिएको संस्थाले जनाएको छ।
संस्थाले दुवैलाई आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय योगदानको अपेक्षासहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।








