सउल, दक्षिण कोरिया – सविना कार्की
“हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ” भन्ने मूल नाराका साथ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ऐतिहासिक चौधौँ महाधिवेशन राजधानी सउलको दोङ्देमुनमा भव्यताका साथ सम्पन्न भएको छ। हिजो आइतबार (नोभेम्बर १५ तारिख) दोङ्देमुनस्थित पूर्वी नेपालको सभाहल (서울특별시 종로구 창신4나길 6-15) मा आयोजित महाधिवेशनले श्री बिरेन तुम्खेवा लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
परम्परागत च्याब्रुङ (केःलाङ) बाजागाजा र सांस्कृतिक उत्साहका साथ सम्पन्न उक्त महाधिवेशनमा दक्षिण कोरियामा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा नेपाली समुदायका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित रहनुभएका अन्तर्राष्ट्रिय नेपाली मञ्चका अध्यक्ष जीवन खतिवडाले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
साथै, महाधिवेशनले तेह्रौँ कार्यसमितिका निवर्तमान अध्यक्ष श्री विनोद सौदेन लिम्बू एवं उहाँको सिङ्गो कार्यसमितिले आफ्नो कार्यकाल सफलतापूर्वक नेतृत्व गरेको भन्दै विशेष धन्यवाद ज्ञापन गरेको छ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू:
अध्यक्ष: श्री बिरेन तुम्खेवा
वरिष्ठ उपाध्यक्ष: श्री अमित नेम्वाङ
उपाध्यक्षज्यूहरू: श्री डि.बी. योङहाङ, श्री राजन सौदेन, श्री घनेन्द्र केरुङ, श्री ऋतु सङ्मी, श्री रुबिना आङ्बो, श्री मिलन फुदुङ, श्री प्रमेश मादेन
महासचिव: श्री महेन्द्र हाङसरुम्बा
सचिव: श्री इन्द्र केरुङ
सहसचिव: श्री सर्वण कुमार तुम्बापो
कोषाध्यक्ष: श्री बुद्धिबल थोक्लेन
सहकोषाध्यक्ष: श्री समीर योङहाङ
कार्यसमिति सदस्यहरू:
श्री सागर खजुम, श्री यमुना इजम, श्री सम्झना माङ्मु, श्री निर्मल नेम्वाङ, श्री मक्खु योङहाङ, श्री विप्लव तुम्बापो, श्री मिथुन तुम्बापो, श्री युवराज लिम्बू, श्री राजन सम्बाहाम्फे, श्री प्रभात साँवा लिम्बू, श्री नुगेन आङदेम्बे, श्री दिकेन्द्र लिम्बू, श्री निश्चल तुम्खेवा, श्री बिर्खमणि नाल्बो, श्री कृत्तराज तुम्वाहाङ्फे, श्री ओमी सुयन लाबुङ, श्री जेम्स तुम्खेवा, श्री बलिहाङ फियाक, श्री सलोन लिम्बू, श्री सुजाता केदेम, श्री जानु मादेन लिम्बू, श्री बबिता सङ्मी र श्री मिस्टेक अञ्जान लिम्बू रहनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले प्रवासमा याक्थुङ भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण गर्दै सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।








