दक्षिण कोरिया — “हाम्रो खेल हाम्रो पहिचान, डन्डीबियो हाम्रो शान” भन्ने मूल नारा तथा “आपसी सद्भाव, सहयोग र सदाचार — सिन्धुपाल्चोकवासीको मिलनको आधार” भन्ने ध्येयका साथ दक्षिण कोरियामा पहिलोपटक ‘प्रथम सिन्धुपाल्चोक डन्डीबियो कप २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।
सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा किम्पो विश्वविद्यालयको खेलमैदानमा सम्पन्न यस प्रतियोगितामा प्रतिकूल मौसमको समेत पर्वाह नगरी १४ वटा टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। परदेशी भूमिमा लोपोन्मुख अवस्थामा रहेको नेपालीहरूको मौलिक खेल डन्डीबियोलाई पुनर्जीवित गर्ने र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजित यस प्रतियोगिताले कोरियामा रहेका नेपालीहरूमा छुट्टै रौनक ल्याएको थियो।
प्रतियोगिताका विजेता तथा उपविजेताहरू:
तस्बिरहरूमा देखिएझैँ कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलपछि प्रतियोगिताको नतिजा यसप्रकार घोषित गरिएको छ:
- विजेता: थेजिन खुम्सोक (खिम्पो) — [१,०००,००० वटा नगद पुरस्कार, ट्रफी र मेडल] उपविजेता: रामेछाप सम्पर्क समिति — [५००,००० वटा नगद पुरस्कार र ट्रफी]सर्वाधिक बियो क्याच (Catch): सुरेश उप्रेती (थेजिन खुम्सोक) — [१००,००० वटा पुरस्कार] सर्वाधिक ठ्याक (Hit): गणेश गौतम (अन्सान ‘ए’)
विशेष उपस्थिति र आभार व्यक्त
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका अध्यक्ष उद्धव नेपाल खत्रीले सफल कार्यक्रमपछि एक आभार वक्तव्य जारी गर्दै प्रतियोगितामा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने Harka Bista, विशेष अतिथिज्यूहरू, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, खेलका निर्णायक (Bro Tamu), खेलप्रेमी दर्शकहरू, प्रायोजक, सहयोगी संस्था, सञ्चारकर्मी र स्वयंसेवकहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।
साथै, शीर्षक प्रायोजक Coinshot Remittance, किम्पो विश्वविद्यालय (मैदान उपलब्ध गराउने संस्था), संस्थाका संरक्षकहरू, सल्लाहकारहरू, कार्यसमितिका साथीहरू र समस्त सिन्धुपाल्चोकवासीहरूको अतुलनीय साथ र योगदानको उच्च प्रशंसा गरिएको छ।
दोस्रो संस्करणको घोषणा र आगामी प्रतिबद्धता
पहिलो प्रयासयत्तिमै प्राप्त भएको अभूतपूर्व सहभागिता, माया र समर्थनले सिन्धुपाल्चोक समाजलाई आगामी दिनमा ‘दोस्रो संस्करण’ अझ भव्य रूपमा आयोजना गर्ने ठूलो हौसला मिलेको आयोजकले बताएका छन्। पहिलो आयोजन भएकाले व्यवस्थापनमा भएका केही कमी–कमजोरीहरूलाई आगामी दिनमा रचनात्मक सुझावका रूपमा लिँदै सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
परदेशी भूमिमा आफ्नै मौलिक संस्कृति, परम्परा र खेलप्रतिको मायालाई जीवित राख्दै सम्पन्न भएको यस डन्डीबियो कपले नेपालीहरूबीचको एकता र आत्मसमीक्षालाई थप बलियो बनाएको छ।







